ललितपुरबाट जुवा खेलेको आरोपमा ६ जना पक्राउ
काठमाडाैं | कात्तिक २, २०८०
ललितपुरमा जुवा खेलेको आरोपमा ६ जना पक्राउ परेका छन्।
बुधबार राति ९ तिर महालक्ष्मी नगरपालिका वडा नम्बर ४ पवन प्रकृती स्कुल नजिकै एक घरबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले ९४ हजार ९७० रुपैयाँ बरामद गरेको प्रहरी वृत्त सातदोबाटोले जानकारी दिएको छ।
घर भाडामा लिएर फेन्सी पसल संचालन गरिरहेका रेवती नेपालीले तास खेलाइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो। उक्त सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले ६ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूलाई सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाएको छ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

